वीर अस्पतालमा मृत्यु भएकी महिलाको पनि कोरोना रिपोर्ट नेगेटिभ

912
Shares

काठमाडौँ, १८ चैत । वीर अस्पतालको आइसोलेसन वार्डमा सोमबार मृत्यु भएकी महिलाको कोरोना भाइरस (कोभिड – १९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सोमबार सोही अस्पतालमा मृत्यु भएका शंकास्पद अर्का एक व्यक्तिको भने रिपोर्ट आउन बाँकी छ ।

अस्पतालका फोकल पर्सन डा विधान निधी पौडेलले शंकास्पद ठानिएका दुईवटा केशमध्ये एक जनाको रिपोर्ट आइसकेको र एक जनाको आउन बाँकी रहेको बताए । उनले आइसोलेसनमा रहेर उपचार गराईरहेकी ३४ बर्षीया महिलाको रिपोर्ट नेगेटिभ आएको स्पष्ट पारे । ती महिलालाई गत आइतबार बेलुका वीर अस्पतालमा ल्याइएको थियो ।

यस्तै सोमबार नै पाटन अस्पतालमा मृत्यु भएका अर्का एक व्यक्तिको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *