भोलिबाट विहान ६ बजे देखि एक सातासम्म देशलाई लकडाउन गरिने

काठमाडौँ, १० चैत । सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड – १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

९ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले संक्रामक रोग ऐन-२०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरि ११ चैत बिहान ६ बजेदेखि १८ चैत बिहान ६ बजेसम्मका लागि त्यस्तो आदेश जारी गरेको हो।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बेलुका नेपाल टेलिभिजनलाई विशेष अन्तरवार्ता दिदै सो जानकारी दिएका हुन् । सो क्रममा रक्षामन्त्री पोखरेलले ११ चैत विहान ६ बजे देखि १८ चैत विहान ६ बजेसम्म देशभर लकडाउन गरिएको बताए ।

उनले यस अवधीमा अत्यावश्यक स्वास्थ्य , सुरक्षा, एम्बुलेन्स, दमकल, औषधि र सञ्चारमाध्यमका कर्मचारी र पास लिएका सवारी साधनबाहेक कुनै पनि व्यक्ति तथा सवारीसाधन घरबाट निस्कन नपाउने बताए ।

उनले सुरक्षात्मक उडान बाहेक अरु बाहिय तथा आन्तरिक व्यवसायिक उडान समेत रोकिएको बताए ।

कालोबजारी र भ्रमफैलाउने माथि कडा कारवाही गरिने
रक्षामन्त्री पोखरेलले अहिले संकटको बेलामा कालोबजारी गर्ने र भ्रमफैलाउने तत्व संक्रिय भएको भन्दै यस्ता विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताए ।

‘हाम्रा संयन्त्रले नजिकबाट यसको अनुगमन गरेको छ । आजहामी सबै नेपाली मानवताको लागि एक भएर लडनुपर्ने भएको बेलामा मान्छेलाई ठग्ने र भ्रम पार्ने कार्यमा लाग्नु कदापि सैय हुदैन । हामी त्यस्ता विरुद्ध कडा रुपमा लाग्छौँ,’ उनले भने । 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *