कोरोना भाइरस नेपाल अपडेट : शुक्रबार ३३ जनाको परीक्षण सबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, ७ चैत । कोरोना भाइरसको आशंकामा विभिन्नि अस्पतालका आइसोलेसन वार्डमा राखिएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केहीवेर अघि सार्वजनिक गरिएको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ता आज विहानै शुरु गरिएको ३३ जनाको कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताए । उनले परीक्षण गरिएकामा ५ जना जर्मन नागरिक रहेको समेत जानकारी दिए । उनले आज पनि काठमाडौँ र देशका विभिन्न भागमा रहेका सरकारी तथा निजी अस्पतालबाट ल्याइएका नमूनाको परीक्षण गरिएको बताए ।

आजको परीक्षण रिपोर्टसंगै जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणको संख्या ५८० पुगेको छ । र सबै नेगेटिभ आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *