कोरोना सतर्कता : स्वास्थ्य अन्तरगर्त सहसचिवहरु विदाका दिन पनि आउनुपर्ने , उपसचिव र अधिकृतलाई उपत्यका नछाड्न निर्देशन
काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका भित्र रहेका आफू मातहतका विभाग र कार्यालयमा कार्यरत सहसचिव तथा विभागीय प्रमुखहरुलाई विदाका दिनमा पनि कार्यालय आएर काममा खटिन निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएको हो ।
उक्त निर्णयमा उपसचिव र शाखा अधिकृत तहका कर्मचारीलाई उपत्यका नछाड्न भनेको छ ।
मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नेपाल भित्रन नदिने कार्यका परिचालन गर्नु पर्ने भएकोले यस्तो निर्णय गरिएको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



