कोरोना सतर्कता : स्वास्थ्य अन्तरगर्त सहसचिवहरु विदाका दिन पनि आउनुपर्ने , उपसचिव र अधिकृतलाई उपत्यका नछाड्न निर्देशन

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका भित्र रहेका आफू मातहतका विभाग र कार्यालयमा कार्यरत सहसचिव तथा विभागीय प्रमुखहरुलाई विदाका दिनमा पनि कार्यालय आएर काममा खटिन निर्देशन दिएको छ ।

मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएको हो ।

उक्त निर्णयमा उपसचिव र शाखा अधिकृत तहका कर्मचारीलाई उपत्यका नछाड्न भनेको छ ।

मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नेपाल भित्रन नदिने कार्यका परिचालन गर्नु पर्ने भएकोले यस्तो निर्णय गरिएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *