कतार र कुवेतबाट आएका दुई जनामा कोरोना आशंका, एयरपोर्टबाट सिधै टेकु पठाईयो

फाइल फोटो

काठमाडौँ, २० फागुन । कतार र कुवेतबाट आएका दुई जना नेपालीमा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले तापक्रम परीक्षण गर्दा बढी भएपछि उनीहरुलाई टेकु अस्पताल पठाइएको छ ।

हेल्थ डेस्क स्रोतका आज विहान करीब १ बजे कुवेतबाट आएका एक जना नेपालीको परीक्षण गर्दा तापक्रम बढेको ( ज्वरो) देखिएको थियो । यस्तै विहान करीब १० बजे कतारबाट आएका अर्का नेपालीको समेत परीक्षण गर्दा ज्वरो देखिएको थियो ।

‘विहान छुट्टा छुट्टै उडानबाट आएका दुई नेपाली पुरुषमा  इन्फाइराइड थर्ममिटरले तापक्रम नाप्दा १०० डिग्री भन्दा बढी देखियो । त्यसपछि हामीले दुबैजनालाई टेकु पठाएका छौँ,’ हेल्थ डेस्कमा खटिएका एक जना स्वास्थ्यकर्मीले भने ।

समयमै एम्बुलेन्स आएन, संकास्पदलाई राख्ने ठाँउ भएन

हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीका अनुसार कुवेतबाट विहान करीब १ बजे आएका नेपाली यात्रुमा ज्वरो देखिएपछि तत्काल एम्बुलेन्स खोजी गरियो । तर एउटा पनि एम्बुलेन्स उपलव्ध भएन ।

‘हार गुहार गर्दा गर्दा दुई घण्टा पछि विहान करीब ३ बजे नर्भिक अस्पतालको एम्बुलेन्समा ती विरामीलाई टेकु पठाउन सफल भईयो । फेरी विहान पनि त्यस्तै भयो, १० बजे आएको व्यक्तिलाई नाप्दा ज्वरो देखिएपछि तत्कालै एम्बुलेन्स खोजियो तर त्यहाँबाट पठाउँदा दिउसोको २ बजे बजेको थियो । नेपाल एम्बुलेन्स सर्भिसको एम्बुलेन्सबाट पठाइयो । यसरी समन्वय भएन भने त कसरी काम गर्न सकिन्छ ?,’ ती स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गर्दै भने । 

उनले भने,  ‘कोरोनाको आशंका भनेर डरले हो कि एम्बुलेन्स समयमा आउन सक्दैन ।’

कोरोनाको संकास्पदलाई तत्काल टेकु पठाउने भनिएपनि एम्बुलेन्स नआउँदा त्यो सम्भव देखिएको छैन् । तर त्यहाँ रहँदा पनि संकास्पद व्यक्तिलाई सुरक्षित स्थानमा राख्ने ठाँउ छैन । ‘अब विहानको दुईवटा केशमा संकास्पद भनिएका व्यक्तिहरु दुई चार घण्टा नै बस्नु पर्ने भयो । तर राख्ने छुट्टै ठाँउ नै भएन । यसो छेउ लागेर बस्नुस भनियो,’ ती स्वास्थ्यकर्मीले भने ।

उनको गुनासो समयमै एम्बुलेन्स आउनुपर्ने र शंकास्पद भनिएका व्यक्तिलाई तत्काल राख्नका लागि सुरक्षित स्थान बनाउनुपर्ने थियो ।

सरकारले गत आइतबार देखि सबै विमानबाट आउने यात्रुको इन्फाइराइड थर्मामिटरबाट चेक जाँच गर्ने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *