पीजी अध्यापनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तीन सिट दिइदै

काठमाडौँ, १४ फागुन । चिकित्सा शिक्षा आयोगले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पोष्ट ग्राजुएट्स (पीजी) तहको अध्यापनका लागि तीन सिट दिने भएको छ । आफ्नो निरीक्षण टोलीद्धारा स्थलगत अनुगमन गराएपछि प्राप्त प्रतिवेदनको आधारमा कर्णालीलाई यसबर्ष तीन सिट दिने निस्कर्षमा आयोग पुगेको हो ।

स्रोतका अनुसार यसपटक दिइने तीन वटै सिट एमडी इन जनरल प्राक्टिस (एमडीजीपी) विषयमा हुनेछ । प्राप्त सिटमा यसैबर्ष देखि अध्यापन शुरु हुनेछ ।

यसअघि नेपाल मेडिकल काउन्सिलले गत असारमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडीजीपी विषयमा तीन सिट दिन सिफारिस गरेको थियो ।

तर चिकित्सा शिक्षा आयोग १ असोजमा बसेको बैठकले पुन स्थलगत निरीक्षण गरेर सिट सम्वन्धी अन्तिम टुंगो लगाउने निर्णय गरेको थियो । करीब दुई साता अघि प्राडा राजेशनाथ गंगोल नेतृत्वको टोलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर निरीक्षण गरेको थियो । तीन सदस्यीय सो टोलीमा सिभिल अस्पतालका डा दिनेश लम्साल र कर्णाली प्रदेश अस्पताल डा डम्मर खड्का थिए ।

आयोगको यो निर्णयसंगै जुम्लाबाट विशेषज्ञ डाक्टर उत्पादन शुरु हुने देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *