पोखरामा बाल अस्पताल खोल्न डा भगवान कोइराला र मेयर जिसीबीच सम्झौँता

पोखरा महानगपालिकाका प्रमुख मानबहादुर जिसी र काठमाडौँ इन्टिच्यूट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष भगवान कोइरालाबीच आइतबार बाल अस्पताल निर्माण तथा सञ्चालन गर्ने सम्झौतापत्र आदानप्रदान गर्दै । तस्वीरः हरि बाँस्तोला

पोखरा १२ फागुन । पोखरामा विशिष्टिकृत बाल अस्पताल बनाउन पोखरा महानगरपालिका र काठमाडौँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच) बीच सम्झौँता भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रोहवरमा आइतबार महानगरपालिकाका प्रमुख मानबहादुर जीसी र चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाबीच अस्पताल निर्माण तथा सञ्चालन गर्ने सम्झदारी पत्रमा सम्झौता भएको हो ।

सम्झौँतामा पोखरा महानगरपालिका–२७ स्थित तत्कालीन लेखनाथ नगरपालिकाको कार्यालयको भवनमा परिसरमा आवश्यक भौतिक संरचना तयार गरी अस्पताल सञ्चालन गर्नेसमेत सहमति भएको छ ।

काठमाडौँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको सातवटै प्रदेशमा विशेषपत्रसहितको विशिष्टिकृत बाल स्वास्थ्य सेवा प्रदान गर्नुका साथै बाल स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धान गर्ने लक्ष्यका साथ अस्पताल स्थापना गर्न लागिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले चाइल्ड हेल्थले मुलुकका सबै प्रदेशका राजधानीमा अस्पताल निर्माण गर्ने योजनाअनुसार गण्डकी प्रदेशबाट शुरु गर्न लागेकोमा खुशी व्यक्त गर्दै प्रदेश सरकारले अस्पताल निर्माण र सञ्चालनमा अभिभावकत्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महानगरपालिकाका प्रमुख जीसीले चालू आर्थिक वर्षमै अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाउने बताउँदै त्यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

चाइल्ड हेल्थका संस्थापक अध्यक्ष कोइरालाले आगामी तीन बर्ष भित्र अस्पताल निर्माण गरी सञ्चालन गरिने जानकारी दिँदै नाप, नक्सा एवं लागत अनुमान तयार भइरहेको बताए ।

अस्पताल निर्माणसँगै आवश्यक उपकरण खरिदका लागि रु ४० देखि रु ५० करोड खर्च हुने जानकारी दिँंदै उनले शुरुमा ५० श्ययाको अस्पताल बनाउने योजना रहेको र विस्तार गरी कूल एक सय श्ययासम्म पु¥याउने संस्थाको लक्ष्य रहेको स्पष्ट पारे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *