स्पार्क हेल्थ होमद्धारा बार्षिकोत्सव मनाउँदा लाग्ने खर्च बिरामीको उपचारमा ‘डोनेसन’

काठमाडौँ, ११ फागुन । कालिमाटीस्थित स्पार्क हेल्थ होमको आज २८ औँ बार्षिकोत्सव अघिल्ला बर्ष जस्तो भव्य र औपचारिक कार्यक्रम देखिएन । तर, बार्षिकोत्वस अघिल्ला बर्ष भन्दा कम महत्वपूर्ण रहेन ।

स्पार्कले यसपटकको बार्षिकोत्सव रक्त क्यान्सर पिडीत अग्रज पत्रकार कमल पौडेल र पेटको क्यान्सरबाट पिडीत आफ्ना एक कर्मचारी काजी महर्जनको उपचारमा समर्पण गर्यो ।

‘बार्षिक उत्सवको औपचारिक कार्यक्रम गर्न छुट्याएको एक लाख रुपैयाँको बजेट हामीले रक्त क्यान्सरबाट पिडीत भई सिभिल अस्पतालमा उपचाररत पत्रकार पौडेललाई डोनेसन गर्ने निर्णय गर्यौँ । यस्तै डोनेसनको दोस्रो किस्ताको रुपमा हाम्रै कर्मचारी जो पेटको क्यान्सरबाट पिडीत हुनुहुन्छ, काजी महर्जन, उहाँलाई स्पार्ककको तर्फबाट २५ हजार रुपैयाँ र स्पार्कको जग्गादाता सरिता श्रेष्ठको तर्फबाट २५ हजार रुपैयाँ गरी ५० हजार रुपैयाँ डोनेसन गर्ने निर्णय गर्यौँ,’ स्पार्कका निर्देशक रुपेश अधिकारीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

त्यसलगत्तै क्यान्सर पिडीत पत्रकार पौडेल र महर्जनलाई तोकिएको रकमको चेक हस्तान्तरण गरिएको थियो ।

स्पार्कका प्रवन्ध सञ्चालक हरिशरण रिजाल, सञ्चालकहरु डा सुनिलकुमार पौडेल, अनिल कुमार महतो, संगिता श्रेष्ठ, र निर्देशक अधिकारीले संयुक्त रुपमा पत्रकार पौडेलका छोरा अभिन्न पौडेल, अर्का विरामी काजी महर्जनलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै डा सुनिलकुमार पौडेलले स्पार्कको शुरुवाती समय देखि नै पत्रकार पौडेलले सहयोग गर्दै आएको भन्दै अहिले उनलाई दुख परेको अवस्थामा स्पार्कले थोरै सहयोग गर्न खोजेको बताए । उनले स्पार्क ‘थिंकिङ आउट अफ द बक्स’को अवधारणा अनुरुप अघि बढ्ने गरेको स्मरण गराउँदै यस पटकको बार्षिकोत्सवको कन्सेप्ट पनि सोही अनुसार गरिएको बताए ।

प्रवन्ध सञ्चालक हरिशरण रिजालले बार्षिकोत्सवको अवसरमा अघिल्ला बर्षमा हुने गरेका रक्तदान र निशुल्क स्वास्थ्य परीक्षण यसपटक पनि निरन्तरता दिइएको तर औपचारिक कार्यक्रम भने नगरिएको बताए । ‘यसपटक हामीले हाम्रा सहयोगीहरुलाई सहयोग गर्न बार्षिकोत्सवको औपचारिक समारोह गरेनौँ । त्यो तामझाममा लाग्ने खर्च उपचारमा सहयोग गर्ने निर्णय गरयौँ,’ उनले भने ।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष कल्पना आचार्यले बार्षिकोत्सव कार्यक्रम गर्दा लाग्ने बजेट एक जना पत्रकारको उपचारमा डोनेसन गर्ने स्पार्कको कदम उदाहरणीय भएको बताईन् ।

पत्रकार पौडेका छोरा अभिन्नले स्पार्कको सहयोगले आफ्नो बाबाको उपचारमा थप मद्धत पुग्ने भन्दै सराहाना व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *