भक्तपुरमा आफ्नै भवन बनाउँदै चिकित्सा शिक्षा आयोग

काठमाडौँ, ६ फागुन । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको अब आफ्नै कार्यालय भवन बन्ने भएको छ । भक्तपुरको सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको भवन रहेकै स्थानमा आयोगको कार्यालय भवन बन्ने भएको हो ।

त्यसका लागि शिक्षा विभागले करीब १५ रोपनी जग्गा आयोगको नाममा छुट्याइसकेको छ । आयोगले पनि भवन बनाउनका लागि २ करोड ८० लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

‘भवन विभागले नक्सा तयार गरिसक्यो र काम पनि अगाडी बढी सक्यो । अब सायद एक दुई महिनाबाट काम शुरु भई हाल्छ,’ आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले अगाडी थपे, ‘नपुग बजेट सरकारसंग माग गर्नेछौँ ।’

उनले प्रिफ्याव पद्धतीबाट भवन निर्माण गर्न लागिएको सुनाए । ‘केही भवनमा एक तल्लासम्म थपिन्छ । अरु त भुई तल्ले नै हो । त्यसको नक्सा भवन विभागले बनाइसकेको छ,’ उनले भने ।

यसैबीच मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा भवनको नक्सा बारेमा समेत छलफल भएको थियो । बालुवाटारमा बसेको बैठकमा भवन विभागका प्राविधिकहरुले आयोग भवनको नक्सा प्रस्तुत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *