भक्तपुरमा आफ्नै भवन बनाउँदै चिकित्सा शिक्षा आयोग

624
Shares

काठमाडौँ, ६ फागुन । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको अब आफ्नै कार्यालय भवन बन्ने भएको छ । भक्तपुरको सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको भवन रहेकै स्थानमा आयोगको कार्यालय भवन बन्ने भएको हो ।

त्यसका लागि शिक्षा विभागले करीब १५ रोपनी जग्गा आयोगको नाममा छुट्याइसकेको छ । आयोगले पनि भवन बनाउनका लागि २ करोड ८० लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

‘भवन विभागले नक्सा तयार गरिसक्यो र काम पनि अगाडी बढी सक्यो । अब सायद एक दुई महिनाबाट काम शुरु भई हाल्छ,’ आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले अगाडी थपे, ‘नपुग बजेट सरकारसंग माग गर्नेछौँ ।’

उनले प्रिफ्याव पद्धतीबाट भवन निर्माण गर्न लागिएको सुनाए । ‘केही भवनमा एक तल्लासम्म थपिन्छ । अरु त भुई तल्ले नै हो । त्यसको नक्सा भवन विभागले बनाइसकेको छ,’ उनले भने ।

यसैबीच मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा भवनको नक्सा बारेमा समेत छलफल भएको थियो । बालुवाटारमा बसेको बैठकमा भवन विभागका प्राविधिकहरुले आयोग भवनको नक्सा प्रस्तुत गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *