बाग्मती प्रदेशको उर्दी : ‘२०० शैय्यासम्मका अस्पताल ४५ दिन भित्र दर्ता गर्नु’

2.3k
Shares

काठमाडौँ, ६ फागुन । बाग्मती प्रदेश सरकारले आफ्नो क्षेत्र भित्र सञ्चालनमा रहेका २०० शैय्या सम्मका अस्पताल ४५ दिन भित्र दर्ता गर्न उर्दी जारी गरेको छ ।

प्रदेश स्वास्थ्य नियमावली २०७६ को नियम ५ को उपनियम १ बमोजिम दुई सय शैय्याका सहकारी, निजी, सामुदायिक तथा गैरसरकारी अस्पताल दर्ता गर्न उर्दी जारी गरेको हो ।

यस्तै बी, सी र डी बर्गका प्रयोगशालाको सञ्चालन अनुमतिका लागि जिल्लास्थित स्वास्थ्य कार्यालय र आयूर्वेद तथा बैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाले अञ्चल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा दर्ता गर्न निर्देशन दिएको छ ।

बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले आज जारी गरेको सूचनामा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ को दफा १३ को उपदफा १ बमोजिम उर्दी जारी गरिएको उल्लेख छ ।

हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *