वुहानबाट आएका १७५ नेपालीको स्वास्थ्य परीक्षण सकियो, सबै जना स्वस्थ खरिपाटी लगियो (फोटोफिचर)

काठमाडौँ, ४ फागुन । कोरोना भाइरसको उद्गमस्थल चीनको हुवेई प्रान्तस्थित वुहानबाट उद्धार गरेर ल्याईएका १७५ जना नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा लगिएको छ ।

विहान करीब ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनीहरुको त्यहाँ बनाइएको हेल्थ डेस्कमा पुन स्वास्थ्य परीक्षण गरिएको थियो ।

‘सो क्रममा सबै स्वस्थ भेटियो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले अगाडी थपे, ‘स्वास्थ्य जाँचका क्रममा सबैजना नर्मल भेटियो । कसैलाई समस्या छैन् । सबै स्वस्थ हुनुहुन्छ । अहिले सबैजना खरिपाटीमा बनाइएको क्वारेन्टाइन तर्फ पठाइएको छ,’ उनले भने ।

क्वारेन्टाइनमा गएकाहरु कम्तिमा १४ देखि १७ दिनसम्म रहनेछन् ।

यसअघि नेपाल आउन चाहनेको सूचीमा १८५ जना देखिए पनि १० जना उतै रोकिएका छन् । बेईजिङस्थित नेपाल दुतावासका अनुसार रोकिएका १० जना मध्ये ६ स्वास्थ्यको कारणले आउन पाएनन् भने ४ जना आफूखुशी आउन चाहेनन् ।

उद्धार गरि ल्याइएकाहरुमा १७० जना विद्यार्थी, एक जना कर्मचारी, २ जना भ्रमण गर्न गएका व्यक्ति र २ जना बच्चाहरु छन् ।

सरकारले हुवेईप्रान्तमा फसेका नेपालीको उद्धार गर्न शनिबार अपरान्ह ४ बजे नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी विमान चीनको वुहान पठाएको थियो ।

सो विमान रातीको करीब साढे नौ बजे वुहान पुगेको थियो । नेपालीलाई चडाएर करीब एक घण्टापछि अर्थात १०: ३७ बजे काठमाडौँका लागि उडेको थियो ।

काठमाडौँ विमानस्थलमा अवतरण र क्वारेन्टाइनमा जाँदै गरेको फोटोफिचर

 

तस्बिरहरु : प्रदीपराज वन्त / रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *