यी हुन् मानव शरीरका ६ प्रयोगविहीन अङ्गहरु

बीबीसी । हामी सबैलाई मानवशरीरमा एपेन्डिक्स प्रयोगहीन अङ्ग हो भन्ने थाहा छ। उक्त अङ्ग मानवजातिको क्रमविकास हुँदै जाँदा प्रयोगहीन भएर अवशेषका रूपमा शरीरमा बाँकी छ।  तर के तपाईँलाई हाम्रो शरीरका केही अन्य अङ्ग र भाग पनि प्रयोगहीन छन् भन्ने थाहा छ ?

मानवशरीर विभिन्न अंग प्रत्यंग भएको एउटा जैविक यन्त्र हो । प्रत्येक अंगको एउटा विशिष्ट प्रयोजन हुन्छ । तर केही अपवाद पनि छन् ।हाम्रो शरीरलाई आवश्यक नपर्ने केही अंग पनि छन् ।

१. भ्रुणको पुच्छर : गर्भ बसेको केही हप्तामै भ्रुणमा पुच्छर विकसित हुन्छ । तर जन्म अघि त्यो अंग हराउँछ ।
मेरु दण्डको फेदका बाँकी हड्डीहरु जोडिदा पुच्छ्रे हाड बन्छ ।

२. बुद्धि बंगरा :  हाम्रो खानपानमा परिवर्तन आएको छ । नरम पकाएको खानेकुराका कारण बुद्धि बंगराको प्रयोग घटन थालेको हो । अहिले सबै मानिसमा बुद्धि बंगरा हुन्छ भन्ने पनि छैन । धेरै दन्त चिकित्सकलाई त्यसलाई निकाले फाल्न समेत सुझाव दिन्छन् ।

३. कानको मांसपेशी : अन्य स्तनधारी जीवले कान हल्लाउन यी मांसपेशीको प्रयोग गर्छन । त्यसो गर्दा आफ्नो सिकार र सिकारी पत्ता लगाउन तीनलाई सजिलो हुन्छ । तर लामो घाँटी हुने मानव जातीलाई ती मांसपेशी आवश्यक छैन ।

४. प्लाल्मरिस लंगस  : यो मांसपेशी नाडी देखि कुहिनोसम्म फैलिएको हुन्छ । रुख चड्नका लागि हाम्रा पुर्खालाई यो मांसपेशी निकै उपयोगी थियो । तर अहिले झण्डै १० प्रतिशत मानिसमा यो मांसपेशी हुँदैन ।

५. एरेक्टर पिली : हाम्रो पुर्खाको शरीरमा धेरै रौँ हुने गरेको बेलामा यी मांसपेशीले अझ भयानक र भीमकाय देखिने बनाइदिन्थे । अहिले ती मांसपेशीहरु खुम्चिदा शरीरमा सिंरिङ्ग भएजस्तो, काँडा उम्रेजस्तो हुन्छ ।

६. पुरुषको स्तनमुख :  सबैभ्रूण प्रारम्भिक चरणमा उसरी नै विकसित हुन्छन् । पुरुषका यौनांङ्ग बन्न हार्मोन आउनु अघि नै पुरुषभ्रूणको शरीरमा स्तनमुख विकसित भईसकेको हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *