नेपाल चिकित्सक संघको अध्यक्ष पदमा डा. लोचन कार्की विजयी !

काठमाडौँ, २७ माघ । १ हजार ३६७ मत गणना हुन बाँकी छँदै नेपाल चिकित्सक संघको अध्यक्ष पदमा डा लोचन कार्कीको जीत सुनिश्चित भएको छ ।

४ हजार ७८५ मत गणना गर्दा नै कुल खसेको मतको ५० प्रतिशत बढी भोट उनले ल्याएपछि जीत सुनिश्चित भएको हो ।

यसपटक निर्वाचनमा ६ हजार १५२ भोट खसेको थियो । त्यसको ५० प्रतिशत अर्थात ३ हजार ७६ मत भन्दा बढी ल्याउने विजयी हुने निश्चित थियो ।

तर,  डा कार्कीले ४ हजार ७८५ मत गणना गर्दा नै ३ हजार १९८ भोट ल्याए । यसले उनको जीत सुनिश्चित भएको हो ।

उनीसंग प्रतिस्पर्धामा उत्रिएका डा पुष्पमणि खरालको मतान्तर १ हजार ६६३ भन्दा कम छ । डा खरालले अहिलेसम्म १ हजार ५३५ भोट ल्याएका छन् ।

लोकतान्त्रिक समूहबाट अध्यक्षमा उठेका डा कार्की यसअघि संघको महासचिव थिए ।

यसैबीच डा कार्कीको जीत निश्चित भएपछि प्रतिस्पर्धी उम्मेद्धार डा खरालले जीतका लागि बधाई दिएका छन् ।

उनले चिकित्सा पेशालाई थप व्यवस्थित र मर्यादित बनाउने कार्यमा आफूले बाहिरबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *