नेपाल चिकित्सक संघको निर्वाचन : उपत्यकामा पहिलो दिन खस्यो तीन सय २६ मत

300
Shares


काठमाडौँ, १७ माघ । नेपाल चिकित्सक संघको उपत्यकामा भएको दोस्रो चरणको मतदानमा पहिलो दिन ३ सय २६ मत खसेको छ ।

संघको केन्द्रीय कार्यालय परिसरमा राखिएको मतदान केन्द्रमा विहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म मतदान भएको हो ।

गत ४ र ५ माघमा उपत्यका बाहिर भएको मतदानमा २ हजार ८ सय जनाले मतदान गरेका थिए । उपत्यका बाहिर १६ शाखामा मतदान भएको थियो । काठमाडौमा ६ हजार भन्दा बढी मतदाता रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *