
काठमाडौँ, १७ माघ । नेपाल चिकित्सक संघको उपत्यकामा भएको दोस्रो चरणको मतदानमा पहिलो दिन ३ सय २६ मत खसेको छ ।
संघको केन्द्रीय कार्यालय परिसरमा राखिएको मतदान केन्द्रमा विहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म मतदान भएको हो ।
गत ४ र ५ माघमा उपत्यका बाहिर भएको मतदानमा २ हजार ८ सय जनाले मतदान गरेका थिए । उपत्यका बाहिर १६ शाखामा मतदान भएको थियो । काठमाडौमा ६ हजार भन्दा बढी मतदाता रहेका छन् ।