कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि ठूला कार्यक्रम नगर्न चीनको आग्रह

252
Shares


बेइजिङ, माघ १० । पछिल्लो केही समयदेखि विश्वको चिन्ताको बिषय बनेको कोरोना भाइरसको सङ्क्रमण थप फैलिनबाट रोक्नका लागि बेइजिङले चिनियाँ नयाँ वर्षका अवसरमा गरिने सबै ठूला कार्यक्रम रद्द गर्ने भएको छ ।

सरकारले सुरूमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिसो, फ्लु वा निमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ कोरोना भाइरस ९२०१९–कोभ० को सङ्क्रमण हरेक दिन फैलिएका सूचनापछि श्वास्थ्य अधिकारीहरूको अनुरोधमा सरकारले नयाँ वर्ष मनाउँदा ठूलो जमघटलाई प्रोत्साहन नगर्न नागरिक तथा स्थानीय प्रशासनहरूलाई आग्रह गरेको बिहीबार जनाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न गरिएको अनुरोधपछि चीनभर विशेष उल्लाससाथ मनाइने नयाँ वर्षका खास गरी ठूला जमघटहरू तथा मन्दीरहरूमा लाग्ने मेलाहरूसमेतलाई रद्द गर्न स्थानीय प्रशासनले सूचना जारी गरिसकेका छन् ।

चिनियाँहरू नयाँ वर्षमा आफ्ना वर्षभरिका बोझलाई विसाउँदै कामबाट विदा लिई घर फर्किने र सामुहिक जमघटका कार्यक्रममार्फत रमाइलो गर्ने चलन रहेको छ ।  रासस/एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *