बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : उपकुलपतिका लागि न्युनतम योग्यता तोक्दै मागियो बायोडाटा

काठमाडौँ, ६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदमा नियुक्त हुन चाहनेका लागि न्युनतम योग्यता तोक्दै बायोडाटा मागेको छ । मन्त्रालयले नाम सिफारिसका लागि लागि रोष्टर सूची तयार गर्नुपर्ने भन्दै बायोडाटा मागेको हो ।

मन्त्रालयले आज जारी गरेको सूचनामा उपकुलपतिका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्सा शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि, चिकित्सा शिक्षा क्षेत्रको अध्ययन अध्यापन अनुसन्धान तथा व्यवस्थापनमा कम्तीमा १५ वर्ष अनुभव सहितको योग्यता तोकेको छ ।
मन्त्रालयले यो योग्यता पुगेका इच्छुक व्यक्तिले पाँच दिन भित्र बायोडाटा र सम्छिप्त व्यक्तिगत विवरण पठाउन भनेको छ ।

गत २५ पुसमा बसेको प्रतिष्ठानको सिनेट बैठकले रिक्त उपकुलपति पदका लागि नाम छनौट गरी सिफारिस गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

समितिका अन्य सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य उषा झा र अर्थ सचिव राजन खनाल रहेका छन् । सो समितिले कुलपति समक्ष नाम सिफारिस गर्नेछ ।

भ्रष्टाचार गरेको अभियोग लागेका डा राजकुमार रौनियार गत २६ फागुनमा पदमुक्त भएपछि प्रतिष्ठानमा सो पद रिक्त छ । गत १६ र १७ फागुनमा बसेको ४२ औँ सिनेट बैठकले रौनियारलाई पदमुक्त गर्न कुलपति समक्ष सिफारिस गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *