वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनौट गर्न सर्च कमिटि गठन

काठमाडौँ, २५ पुस । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नाम सिफारिस गर्न कमिटि गठन भएको छ । शुक्रबार सम्पन्न प्रतिष्ठानको ४३ औँ सिनेट बैठकले सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटि गठन भएको हो ।

कमिटिका अन्य सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य उषा झा र अर्थ सचिव राजन खनाल रहेका छन् । सो समितिले कुलपति समक्ष नाम सिफारिस गर्नेछ ।

भ्रष्टाचार गरेको अभियोग लागेका डा राजकुमार रौनियार गत २६ फागुनमा पदमुक्त भएपछि प्रतिष्ठानमा सो पद रिक्त छ । गत १६ र १७ फागुनमा बसेको ४२ औँ सिनेट बैठकले रौनियारलाई पदमुक्त गर्न कुलपति समक्ष सिफारिस गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *