समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

मुगु, २४ पुस । समयमै स्वास्थ्य संस्था र एक्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा यहाँ एक महिलाको मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकको बुधबार बिहान सुत्केरी भएपछि अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हो ।

थप उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नसक्दा उपचार नपाएर उहाँको अकालमै ज्यान गएको श्रीमान् रामबहादुर विकले बताए ।

‘‘घरमै सुत्केरी भए पनि सालनाल नभएको र अत्यधिक रक्तश्राव भएपछि छिटो जिल्ला अस्पतालमा पु¥याउन नगरपालिका र जिल्ला अस्पतालका एम्बुलेन्सलाई खबर गर्न खोज्यौँ, मोबाइलका टावर नहुँदा सम्पर्क हुन सकेन, बोकेरै अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भयो’’, रामबहादुरले भने । आमाको बाटैमा मृत्यु भएपछि नवजात बच्चाको विचल्ली भएको छ ।

लगातारको हिमपातले गत बिहीबारबाट मुगु र हुम्ला जिल्ला सञ्चारविहीन भएको छन् । सञ्चार अभावकै कारण समयमै अस्पताल पु¥याउन नसक्दा महिलाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । मृतक विकको गाउँबाट जिल्ला अस्पताल तीन घण्टाको पैदल दूरीमा टाढा रहेको छ । विकले यसपटक पाँचौ सन्तान जन्माएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *