कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी/एमएस र एमबीबीएस शुरु गर्ने सिनेटको निर्णय

काठमाडौँ, १४ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सिनेट बैठक बालुवाटारमा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले बैठकले चालु शैक्षिक सत्रबाटै एमडीएमएस र एमबीबीएसको कार्यक्रम शुरु गर्ने सहितका विभिन्न प्रस्तावमाथि निर्णय गरेको छ ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार यसै शैक्षिक सत्र देखि शुरु हुने गरी एमडीएमएस कार्यक्रम विशेषगरी एमडीजीपी, अर्थोपेडिक्स, गाईनो लगायतका विषयमा अध्ययन् शुरु गर्ने र लगत्तै एमबीबीएस कार्यक्रम समेत शुरु गर्ने प्रस्ताव पारित भएको छ ।

यस्तै प्रतिष्ठान छनौट समितिको अध्यक्षमा प्राडा गणेश गुरुङलाई नियुक्त गरिएको छ भने सदस्यमा डा तरुण पौैडेल नियुक्त गर्ने निर्णय भएको छ।

यसैगरी बैठकले साढे ७ अर्वको पञ्चवर्षीय योजना पारित गरेको छ । यस्तै प्रतिष्ठानको चालु आर्थिक वर्षका लागि ६९ करोड रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ ।

यस्तै प्रतिष्ठानको कर्मचारीको सेवा सुविधा सम्वन्धी नियामावली पनि पारित भएको छ । यसैगरी महालेखा प्रतिवेदन समेत पारित भएको छ ।

यसअघि मंसिर १२ का लागि तय भएको सिनेट बैठक कुलपति अस्वस्थ भएपछि सरेको थियो । सिनेटमा कुलपति सहित २१ जना सदस्य हुने प्रावधान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *