कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको छनौट समिति अध्यक्षमा प्राडा गणेश गुरुङ नियुक्त

काठमाडौँ, १४ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको छनौट समिति अध्यक्षमा प्राडा गणेश गुरुङ नियुक्त भएका छन् ।

प्रतिष्ठानको आज बसेको सातौँ सिनेट बैठकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व उपकुलपति समेत रहेका प्राडा गुरुङलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले समितिको सदस्य पदमा प्राडा तरुण पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले अरु महत्वपूर्ण विषयमा समेत निर्णय गरेको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *