केयु अन्तरगर्तका कलेजमा एमबीबीएस र बीडीएसको इन्टर्नशीप भत्ता बढ्यो

320
Shares

काठमाडौँ, ६ पुस । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज (केयुएसएमएस) अन्तरगर्त सञ्चालित मेडिकल तथा डेन्टल कलेजहरुले इन्र्टनशीप गर्ने एमबीबीएस र बीडीएसका विद्यार्थीलाई दिदै आएको भत्तामा बृद्धि गर्नु पर्ने भएको छ । गत ७ असोजमा बसेको केयु स्वास्थ्य विज्ञान कार्यकारी परिषदले गरेको निर्णय अनुसार कलेजहरुले भत्ता बृद्धि गर्नु पर्ने भएको हो ।

केयुएसएमएसले गत विहीबार आफूले सञ्चालन गरेका तथा सम्वन्धन दिएका १० वटा कलेजहरुलाई निर्देशनात्मक पत्र पठाउँदै भत्ता बढाउने निर्णय कार्यान्वयन गर्न सम्झाएको छ ।

गत ७ असोजमा बसेको कार्यकारी परिषदको बैठकले १ कात्तिकबाट लागू हुने गरी केयु अन्तरगर्तका सबै मेडिकल कलेज तथा डेन्टल कलेजमा इन्टर्नसीप गर्ने विद्यार्थीलाई मासिक रुपमा १३ हजार रुपैयाँ र नाइट ड्युटी गरेको अवस्थमा मासिक १३ हजार र थप १५ सय पाउने निर्णय भएको गरेको थियो ।

यसअघि अधिकांस मेडिकल कलेजले मासिक भत्ता १० हजार ८ रुपैयाँ दिने गरेको विद्यार्थीहरु बताउँछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *