‘तह घटुवा’मा परेका १० जना स्वास्थ्यकर्मीको समायोजन सच्याउँदै स्वास्थ्य मन्त्रालय

4.9k
Shares

काठमाडौँ, ७ पुस । स्वास्थ्य मन्त्रालयले तह घटुवामा परेका १० जना स्वास्थ्यकर्मीको समायोजन सच्याउने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्यकर्मीले तह घटुवा नगर्न सर्बोच्च अदालतबाट आदेश लिएर आएपछि स्वास्थ्य मन्त्रालयले पुरानो निर्णय सच्याउन लागेको हो ।

‘अहिले १० जनाको समायोजन सच्याउने प्रस्ताव गरिएको छ । अन्तिम निर्णय केही दिनमै होला’ मन्त्रालय स्रोतले भन्यो ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विशेष बढुवा, स्तरबृद्धि भएका कतिपय स्वास्थ्यकर्मीहरुको तह घटुवा गरिदिएको थियो । बढुवा भएको व्यक्तिलाई समायोजनमा घटुवा गर्न नपाइने भन्दै स्वाथ्यकर्मीहरुले सर्बोच्चमा रिट दायर गरेका थिए । सर्बोच्चले धमाधम स्वास्थ्यकर्मीको पक्षमा फैसला सुनाइदिएको थियो ।

‘सर्बोच्चको फैसला आएपछि हामीले त्यसको पालना गर्नैपर्छ । त्यसैले फाइल अघि बढेको छ । तह घटुवा भएका स्वास्थ्यकर्मीहरुको समायोजन सच्चिएर आउने भयो,’ मन्त्रालयका उच्च अधिकारीले भने ।

सामान्यले अहेवबाट एचएमा बढुवा भएका, बैद्यबाट कविराजमा बढुवा भएका विभिन्न समूहका स्वास्थ्यकर्मीहरुको तह घटुवा गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *