५३ प्रतिशत सरकारी आरक्षण ४७ प्रतिशत खुल्ला

काठमाडौँ, ७ पुस । यसैबर्ष देखि एमडी/एमएसको सीट पाएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना प्रक्रिया अघि बढाएको छ । प्रतिष्ठानले यस बर्ष पाएको विभिन्न छ विषयको १७ वटा सिटमा भर्ना प्रक्रिया अघि बढाएको हो ।

प्रतिष्ठानका अनुसार १७ सिट मध्ये ९ अर्थात ५३ प्रतिशत सिट सरकारी निकाय (निजामति, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि छुट्याएको छ । बाँकी ८ सिट अर्थात ४७ प्रतिशतमा खुल्ला प्रतिस्पर्धा गर्न पाइने छ ।

नेपाल मेडिकल काउन्सिलले यसबर्ष पोखराका लागि एनेस्थेसियोलोजीमा ३, जनरल सर्जरीमा ४, इन्टरनल मेडिसिनमा २, अव्सटेटिप्स एण्ड गाईनेमा ४, अर्थोपेडिक्समा २ र पेडियाट्रिक्स २ गरी १७ सिट उपलव्ध गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *