कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल निर्देशक बने डा. मंगल

5.8k
Shares

काठमाडौँ, १ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अस्पताल निर्देशक पदमा डा मंगल रावल नियुक्त भएका छन् । मंगलबार प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेले उनलाई अस्पताल निर्देशकमा नियुक्त गरेका हुन् ।

प्रतिष्ठान ऐनको दफा २५ को उपदफा १ र २ बमोजिम काम कर्तव्य र अधिकारीसहित उनलाई नियुक्ति दिइएको हो ।

‘प्रतिष्ठानमा अहिलेसम्म अस्पताल निर्देशक थिएन । तर अस्पतालको दायरा र दायित्व बढ्दै गएको छ । यो अवस्थामा हामीले डा रावलले त्यो जिम्म्मेवारी दिएका छौँ,’ उपकुलपति प्राडा वाग्लेले भने ।

चार वर्षदेखि हाडजोर्नीको विशेषज्ञको रुपमा कार्यरत डा. रावल यसअघि प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख थिए । सोही प्रतिष्ठानको सिनेट सदस्य समेत रहेका उनी यसअघि कर्णाली प्रदेश सरकारले गठन गरेको प्रदेश स्वास्थ्य नीति तयारी समितिको सदस्य रहेका थिए ।

जिम्मेवारी पाएपछि डा रावलले आफ्नो शीप र क्षमताले भ्याएसम्म अस्पताल सेवालाई स्तरीय, सुलभ र विश्वनीय बनाउन लागि पर्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *