विपन्न नागरिक औषधि उपचार कोषबाट अस्पताल तथा विरामीलाई ३१ करोड भुक्तानी
काठमाडौँ, २९ मंसिर । विपन्न नागरिक औषधि उपचार कोषले चालु आर्थिक बर्षमा विभिन्न अस्पताल तथा विरामीहरुले उपचार गरेवापत माग दावी गरेको कुल ३० करोड ९९ लाख ६१ हजार ७२९ रुपैया भुक्तानी दिने निर्णय गरेको छ ।
गत १३ मंसिरमा स्वास्थ्य सचिव खगराज अधिकारीको अध्यक्षतामा बसेको विपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले सो रकम भुक्तानी दिने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार १३ मंसिरमा बसेको बैठकले १५ वटा सरकारी अस्पताललाई साउन र भदौ महिनाको भुक्तानी हुन बाँकी भ७ करोड ८० लाख ५९ हजार ८८२ रुपैयाँ, असोज र कात्तिक महिनाको सरकारी तथा गैरसरकारी ५६ वटा अस्पतालहरुलाई २२ करोड ८२ लाख ५३ हजार ४७ रुपैयाँ सोधभर्ना र मिर्गौला प्रत्यारोपण र पूर्व परीक्षणको लागि क्रमश एक लाख र पचास हजारको दरले २५ जनालाई ३६ लाख ४८ हजार ८०० रुपैयाँ भुक्तानी दिने निर्णय गरेको हो ।
विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोला
सम्पर्क इमेल : [email protected]