राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी

144
Shares

काठमाडौं, ३० पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी श्याम लम्सालले पाएका छन् । मंगलबार (२९ पुस) प्रधानमन्त्री सुशीला कार्कीले कुलपति स्तरीय निर्णय गर्दै प्रतिष्ठानका रजिष्ट्रार लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएकी हुन् ।

लम्साललाई दिइएको नियुक्ती पत्रमा प्रतिष्ठानमा अर्को उपकुलपति नियुक्त नहुँदासम्म शैक्षिक, आर्थिक र प्रशासनिक अधिकार सहित निमित्त उपकुलपतिको जिम्मेवारी बहन गर्न भनिएको छ ।

उनले निमित्त उपकुलपतिको पत्र समेत बुझिसकेका छन्।

प्रतिष्ठानमा यसअघि उपकुलपति रहेका डा विकास लामिछानेले गत २९ असोजमा अचानक पदबाट राजिनामा दिएपछि सो पद रिक्त छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते सूचना जारी गरेको त थियो तर नियुक्तीका मापदण्ड नमिलेको भन्दै एक डा जनार्दन पन्थीले उच्च अदालत दाङमा रिट हालेपछि अदालतले पनि सो मापदण्ड अनुसार उपकुलपति नियुक्त गर्ने कार्य अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।

अदालतको अन्तरिम आदेश, नजिकिएको प्रतिनिधिसभा निर्वाचन, त्यससंगै लाग्ने आचारसंहिताले उपकुलपति नियुक्तीमा ढिलाई हुनसक्ने र ढिलाई हुँदा प्रतिष्ठानको शैक्षिक आर्थिक लगायतका निर्णय गर्ने काममा नै अफ्टेरो पर्न सक्ने भन्दै लम्साललाई निमित्तको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *