महाराजगञ्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुख पदमा सह प्राडा देवकाकुमारी आचार्य नियुक्त

348
Shares

काठमाडौँ, २९ पुस ।  महाराजगञ्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुख पदमा सह प्राडा देवकाकुमारी आचार्य नियुक्त भएकी छन् । सोमबार त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले प्राडा आचार्यलाई चार वर्षे कार्यकालका लागि क्याम्पस प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नव नियुक्त क्याम्पस प्रमुख आचार्यले आजैबाट कार्यभार सम्हालेकी छन् ।

यसअघि क्याम्पस प्रमुख रहेकी प्राध्यापक मुना रानाको चार वर्षे कार्यकाल सकिएपछि त्रिवि चिचित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले क्याम्पस प्रमुख पदका लागि खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आव्हान गरेको थियो ।

सो आव्हानमा तीन जनाको दरखास्त परेको थियो । छनौट समितिले तीन जनाको नाम सिफारिस गरेकोमा प्राडा आचार्यलाई क्याम्पस प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

निवर्तमान क्याम्पस प्रमुख रानालाई भने नेपाल सरकारले नेपाल नर्सिङ परिषद्को अध्यक्ष पदमा नियुक्त गरिसकेको छ ।
सह प्राडा आचार्य नेपाल नर्सिङ संघको महासचिव समेत हुन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *