नेपाल नर्सिङ परिषद्को अध्यक्ष पदमा प्राध्यापक मुना राना, उपाध्यक्षमा तुईतुई

300
Shares

काठमाडौँ, २४ पुस । नेपाल नर्सिङ परिषद्को अध्यक्ष पदमा प्राध्यापक मुना राना नियुक्त भएकी छन् ।

निवर्तमान अध्यक्ष प्राध्यापक सरला केसीको चार वर्षे कार्यकाल सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

यस्तै उपाध्यक्ष पदमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन् ।

मन्त्रालयले रिक्त सदस्य पदहरुमा हिराकुमारी निरौला, सरला केसी, संगीता श्रेष्ठ र रामानन्द चौधरीलाई नियुक्त गरेको छ ।

नेपाल नर्सिङ परिषद ऐन २०५२ को दफा ५ मा अध्यक्ष उपाध्यक्ष तथा सदस्यहरुको कार्यकाल चार वर्ष तोकिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “नेपाल नर्सिङ परिषद्को अध्यक्ष पदमा प्राध्यापक मुना राना, उपाध्यक्षमा तुईतुई

Leave a Reply

Your email address will not be published. Required fields are marked *