नेपाल चिकित्सक संघको निर्वाचन अन्तिम समयमा स्थगित

164
Shares

काठमाडौँ, २ माघ । नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ । नेपाल चिकित्सक संघको निर्वाचन समितिले सूचना जारी गर्दै पूर्व निर्धारित तालीका अनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित भएको बताएको छ ।

समितिले निर्वाचन स्थगित गर्नु पर्नाको कारण पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई उल्लेख गरेको छ । समितिले यथाशिघ्र अर्को सूचना जारी गरी निर्वाचन सम्वन्धी कार्यक्रमको नयाँ तालीका सार्वजनिक गर्ने समेत बताएको छ ।

निर्वाचन नियमित भएको भए पहिलो चरणमा आज र भोली (२ र ३ माघ) उपत्यका बाहिर चुनाव हुनु पर्ने थियो । यस्तै उपत्यका भित्र १५, १६ र १७ माघमा निर्वाचन हुने तालीका थियो ।

निर्वाचन समितिले डा अरुण शाहीको उम्मेद्धारी खारेजी गरेपछि लफडा सुरु भएको हो ।

पछिल्लो पटक डा अजयकुमार मिश्रले दायर गरेको रिटमा पाटन उच्च अदालतले यथास्थितिमा निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *