बलात्कार प्रयासको आरोपमा पक्राउ परेका नेपाल मेडिसिटीका चिकित्सक थुनामुक्त

काठमाडौँ, २७ मंसिर । बलात्कार प्रयासको आरोप लागेका नेपाल मेडिसिटी अस्पतालका डा. रोहित कुमार झालाई जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा अघि नबढाउन सरकारी वकिलको कार्यलयले आदेश दिएको छ । यो आदेशसँगै डा. झा विहीबार नै थुनामुक्त भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले मिसिल अध्ययन गर्दा जबरजस्ती करणी उद्योग नभई यौन दुव्र्यवहार भएको पाइएको भन्दै थुना मुक्त गर्ने आदेश दिएको जनाएको छ ।

‘हामीले प्रहरीको मिशिल अध्ययन गर्दा जबरजस्ती करणी सम्बन्धि उद्योग नभई यौन दुव्र्यवहार भएको ठहर्यायौं ,’ जिल्ला न्यायधिवक्ता मोना सिंहले भनिन्, ‘त्यसैले सो अनुसार आदेश दिएका हौँ । अब जाहेरीकर्ताले अदालतमा मुद्धा दर्ता गर्नुपर्ने हुन्छ ।’

सरकारी वकिलको कार्यालयले थुनामा राख्नु नपर्ने आदेश दिएपछि हाजिरी जमानीमा झालाई थुनामुक्त गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । ‘झालाई जिल्ला सरकारी वकिलको कार्यालयले जबजस्ती करणी उद्योग अन्तरगत मुद्धा चलाउन प्रमाण नपुगेको राय दिएर थुनामुक्त गर्न आदेश दिएको छ,’ परिसरका सहप्रवक्ता डीएसपी सन्तोष तामाङ्गले भने, ‘त्यसैले झालाई परिवारको जिम्ममा बिहीबारबाटै थुनामुक्त गरिएको हो ।’

प्रहरीले गत ९ मंसिरमा मेडिसिटी अस्पतालका जनरल फिजिसियन झालाई पक्राउ गरेको थियो । महाराजगञ्जकी ३० वर्षीय एक महिलाको जाहेरीमा प्रहरीले झालाई पक्राउ गरेको थियो । तर उनको प्रक्राउ प्रक्रियाको विरोधमा चिकित्सकहरुले आवाज उठाएका थिए । नेपाल चिकित्सक संघले त विज्ञप्ती नै जारी गर्दै विरोध जनाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *