राजिनामा स्वीकृत गर्न स्वास्थ्य सचिव डा. चौधरीको निवेदन, मन्त्रालयद्धारा मन्त्रिपरिषदमा ‘फरवार्ड’

काठमाडौँ, २२ मंसिर । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले आफ्नो राजिनामा स्वीकृत गर्न सरकारसमक्ष पुन निवेदन दिएकी छन् । पाँच दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर आफ्नो राजिनामा स्वीकृत गरिदिन पुर्न निवेदन दिएकी हुन् । सो निवेदन स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पठाइसकेको छ ।

गत १३ कात्तिकबाट लागू हुने गरी डा चौधरीले महिनाको शुरुमै राजिनामा दिएपनि गत १७ कात्तिकमा बसेको मन्त्रिपरिषदको बैठकले अस्वीकृत गरेको थियो ।

‘उहाँले राजिनामा स्वीकृत गरियोस भनेर पुर्न निवेदन दिनु भएको थियो । हामीले निवेदन मन्त्रिपरिषदमा फरर्वाड गरिसकेका छौँ । स्वीकृत हुने नहुने त उतैको कुरा भयो,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो ।

सचिव डा चौधरीले विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को कन्ट्रि अफिस भारतका लागि पी ५ लेभलमा नाम निकालीसकेकी छन् । यता राजिनामा स्वीकृत नहुँदा उता नियुक्ती लिन अफ्टेरो पर्ने देखिन्छ । ‘त्यसैले पनि उहाँले आग्रह गर्नु भएको छ । स्वास्थ्य मन्त्रालय त राजिनामा स्वीकृत गर्न पोजेटिभ रोल नै खेलेको छ । उहाँलाई दुख नदिउ भन्नेमै छ,’ एक उच्च अधिकारीले भने ।

गत वर्ष असोजमा मन्त्रिपरिषद बैठकले सचिव डा चौधरीलाई मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको थियो । सो निर्णय विरुद्ध उनी सर्बोच्च अदालतमा गइन र निर्णय कार्यान्वयन नगराउने गरी अन्तरिम आदेश लिएर आइन । त्यस पछि सरकार पुन भ्याकेटमा गएको थियो तर चौधरीको पक्षमै अन्तरिम आदेश आयो । त्यसबेला देखि सरकार र डा. चौधरीबीच सम्वन्ध चिसिएको हो ।

पछिल्लो समय डा. चौधरीले सरकारविरुद्ध दायर रिट त फिर्ता लिइन र राजिनामा दिइन । तर सिंहदरबारले उनको राजिनामा सजिलै स्वीकृत गरेन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *