डा. रोहितकुमार झा पक्राउ प्रकरण : चिकित्सक संघले चार दिन पछि मुख खोल्यो

काठमाडौँ, १२ मंसिर । नेपाल चिकित्सक संघले डा रोहितकुमार झा पक्राउ प्रकरणमा मुख खोलेको छ । उसले संशोधित मुलुकी अपराध संहिता ऐन २०७५ विपरित हुने गरी मुद्धा दर्ता भएको भन्दै आपत्ति जनाएको छ ।

उपचारका लागि आएकी एक महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा डा झालाई प्रहरीले चार दिन अघि नेपाल मेडिसिटी अस्पतालबाट पक्राउ गरेको थियो ।

एनएमएका महासचिव डा लोचन कार्कीद्धारा आज जारी विज्ञप्तीमा डा. झाको नाम खुलाइएको छैन तर मेडिसिटी अस्पतालमा विरामी जाँचि रहेका एक जना चिकित्सकलाई पक्राउ गरेको भनेर उनैलाई संकेत गरेको छ । र यो केशमा पक्राउ प्रक्रिया र थुनामा राखेको कुरा गलत भएको उल्लेख छ ।

यो केशमा सार्वजनिक भएपछि धेरै डाक्टर मौन बसेका थिए । तर दोस्रो दिन देखि सामाजिक सञ्जालमा डा झा को केशलाई संकेत गर्ने एउटा लेख फेसबुकमा  ट्रोल भएको छ । सो लेखमा डाक्टरलाई कति सजिलैसंग फसाउन सकिन्छ भन्ने उल्लेख छ । सो ट्रोलका कारण र  नजिकिएको चुनावलाई दृष्टिगत गर्दै एनएमएले आज बाध्यताबस विज्ञप्ती जारी गरेको कतिपय चिकित्सकहरुले बताएका छन् ।

अंग्रेजी र नेपाली भाषामा लेखिएको सो लेख अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले शेयर गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय देखि डा समिर लामाले नेपालीमा उल्था गरी पोष्ट गरेको सो लेखमा निकै शेयर, कमेन्ट र लाइक देखिएको छ ।

यस्तो छ लेख 

 

नेपाल चिकित्सक संघले निकालेको विज्ञप्ती यस्तो छ

नेपाल मेडिसिटी अस्पतालमा बिरामीको जाँचगर्दा एक जना चिकित्सकलाई प्रहरीले हिरासतमा लिई थुनामा राखेको सम्बन्धमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकारले २०७५ सालभदौं १ गते देखि लागू गरेको मुलुकी ऐन, मुलुकीअपराध संहिता ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ ले नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित गरिएको थियो । जसले गर्दा बिरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्नहुने भएकोले नेपाल चिकित्सक संघले देशभर विभिन्न संघर्ष र विरोधका कार्यक्रमहरु संचालन गरेको व्यहोरा विदितै छ ।

नेपाल चिकित्सक संघको देशभरको व्यापक आन्दोलन र चर्को दबाबपश्चात् उक्त विवादास्पद मुलकीअपराध (संहिता) ऐनको इलाज सम्बन्धी दफामा केही परिमार्जन गर्न “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५”मिति २०७६/०१/०२ मा प्रमाणीकरण भएको हुनाले स्वास्थ्यकर्मी तथाचिकित्सकहरुले स्वास्थ्य सेवाप्रवाहमा संलग्नहुने वातावरण केही सहजभएको व्यहोरा यसै पत्रमार्फत जानकारी गराउँदछौं ।

उक्त परिमार्जित संहिताको दफा १८९ मा उपदफा (२) र (४) थप गरी यस संहितामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भएता पनि अपराध संहिताको दफा २३१, २३२, २३३ र २३८ बमोजिमको कसूरको अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ सदस्य अनुसन्धान समिति गठन गर्ने व्यवस्था भएको व्यहोरा जानकारी गराइन्छ । साथै उक्त अनुसन्धान समितिले कसूर गरेको प्रमाण भेटिएको खण्डमा मात्र मुद्दा चलाउन सम्बन्धित सरकारी वकिलको कार्यालयमा लेखी पठाउने व्यवस्था गरि परिमार्जन भएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।

बिद्यमान संशोधित मुलुकीअपराध संहिता ऐन विपरित अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बिरामी चेकजाँच गरीरहेको अवस्थामा चिकित्सकलाई बिनाकुनै अनुसन्धान पक्राउ गरी प्रहरी हिरासतमा लिइएकोले अबिलम्ब यो संशोधित मुलुकीअपराध संहिता ऐन बमोजिमको कानूनी कारवाही अगाडी बढाई कानूनी राज्यको प्रत्याभूति दिलाउने वातावरण तयार गर्न नेपाल सरकार समक्ष नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।

डा. लोचन कार्की
महासचिव

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *