प्रधानमन्त्री ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया सम्पन्न

काठमाडौँ, १० मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसाइटिस शल्यक्रिया सम्पन्न भएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा केही बेर अघि उनको शल्यक्रिया गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालका डा रमेशसिंह भण्डारीको टोलीले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राडा अरुण सायमीले बताए ।

‘यो सानो शल्यक्रिया थियो । भर्खरै सकियो । राम्रो भयो । अब अस्पतालमा कति रहने भन्ने कुरा स्वास्थ्यका अरु पारामिटर हेरेर गरिन्छ । अहिल्यै भन्न सकिन्न,’ उनले भने ।

विहान एक्कासी पेट दुख्न थालेपछि निजी चिकित्सकहरुको टोलीले साढे ९ बजे तिर मनमोहन सेन्टरमा पुर्याएका थिए । त्यहाँ परीक्षण हुँदा उनको एपेन्डिसाइटीस भएको देखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *