अन्तिम समयमा किन स्थगित भयो बीपीको सिनेट बैठक ?

काठमाडौँ, २३ कात्तिक । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४४ औँ सिनेट बैठक अन्तिम समयमा आएर स्थगित गरेका छन् । उनले शुक्रबारका तय भएको बैठक विहीबार साँझ स्थगित गरेका हुन् ।

एक महिना देखि तयारी भएको र सिनेटका सबै प्रतिनिधिहरु आईसकेको अवस्था एकाएक स्थगित गर्नुलाई सरोकारवालाले मन्त्रीको ‘ननिको चाल’ भएको संज्ञा दिएका छन् ।

स्रोतका अनुसार सहकुलपति समेत रहेका उपप्रधानमन्त्री यादवले आफन्त पर्ने प्राडा बीएन यादवलाई प्रतिष्ठानको रिक्त रजिष्टार पदमा नियुक्त गर्न भनेका थिए । तर निमित्त उपकुलपति प्राडा गुरु खनालले उनको कुरालाई सहर्ष स्किार्न सकेनन् । ‘उपकुलपतिले रजिष्टारको  नियुक्त गर्ने  विषयमा कुलपति अर्थात प्रधानमन्त्रीसंग पनि सोध्नुपर्छ भन्नु भयो । त्यसपछि उपप्रधानमन्त्री ज्यू विच्कनु भयो र अन्तिम समयमा स्थगित गर्न निर्देशन दिनु भयो,’ एक जना सिनेट सदस्यले भने ।

यता मन्त्री स्रोतले भने रजिष्टार नभई गरिएको सिनेटको बैधानिकता नहुने भन्दै केही समय स्थगित भएको बताएको छ । तर सिनेट सदस्य भन्छन्, ‘कार्यसमिति बैठकमा रजिष्टार आवश्यक छ सिनेट बैठकमा रजिष्टार आवश्यक छैन । किनभने सिनेट बैठकको सदस्य सचिव स्वयं उपकुलपति हुने व्यवस्था छ ।’

‘यता रजिष्टार बनाउन खोजिएका प्राडा बीएन यादव गतवर्ष मात्रै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेक्टर भएका व्यक्ति हुन् । तर त्यहाँ लामो समय टिक्न नसकेपछि उपप्रधानमन्त्री यादवले उनलाई मन्त्रालयमा ल्याएका छन् । उनै यादवलार्य फेरी बीपीमा रजिष्टार बनाउन खोजिएको हो, स्रोतले भन्यो ।

सिनेट बैठक नबस्दा समस्या
नियमत प्रतिष्ठानको बैठक बर्षमा दुई पटक बस्नु पर्छ । उपप्रधानमन्त्री यादवले गतवर्ष फागुनमा तत्कालिन उपकुलपतिलाई हटाउन विशेष सिनेट बोलाएका थिए । नियमित सिनेट बैठक नबसेको त डेढ बर्ष भईसक्यो । ‘यसले प्रतिष्ठानको एकेडेमिक तथा भौतिक कार्यमा थप समस्या पार्ने देखिन्छ,’ एक सदस्यले भने ।

सिनेट बैठक अहिले स्थगित भएपछि अर्को बैठक बस्न कम्तिमा तीन साताको समय दिएर पत्र काट्नु पर्छ । त्यसैले झनै ढिला हुने निश्चत भएको छ ।

बैठक स्थगित भएको विषयमा निमित्त उपकुलपति प्राडा खनालले भने केही बोल्न चाहेनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *