ग्राण्डीले भन्यो, ‘प्रधानमन्त्री ओलीको दुईपटक हेमो डायलासिस भयो, आज राती डिस्चार्ज गर्दैछौँ’

काठमाडौँ, १४ कात्तिक । ग्राण्डी अस्पतालले दुई दिन देखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी भएको जनाएको छ । प्रधानमन्त्री ओली हेमो डायलासिस पछि अहिले आराम गरिरहेको भन्दै बेलुका ९ बजेसम्म डिस्चार्ज गर्ने तयारी भएको अस्पतालका निर्देशक डा चक्रराज पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको उपचारबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा पाण्डेले रगतमा क्रियाटिनिनको मात्रा बढेपछि हिजो र आज गरी दुईपटक डायलासिस गरेको पुष्टी गरे ।

उनले अब डायलासिस गर्नु पर्ने कि नपर्ने, मिर्गौला प्रत्यारोपण गर्नुपर्ने कि नपर्ने भन्ने विषयमा मिर्गौला रोग विशेषज्ञहरुको टिमले रोगको प्यारामिटर हेरेर निर्णय लिने बताए ।

‘यो त केस वेसिसमा हुने कुरा हो । अब डा दिव्यासिंह शाह नेतृत्वको टोलीले उहाँको स्वास्थ्य अवस्थाबारे मिहिन अध्ययन गरिरहेको छ । त्यसैले रोगको अवस्था अनुसार बाँकी निर्णय लिइने छ,’ डा पाण्डेले भने ।

हिजो डायलासिस गरेको नभनेर ग्राण्डीले सूचना लुकाएको भन्ने प्रश्नमा डा पाण्डेले विरामीको गोपनियताको अधिकारको प्रयोग भएको जवाफ दिए । उनले प्रधानमन्त्री ओलीलाई आईसियू भित्रको डायलासिस रुपमा राखेर उपचार भएको भन्दै गम्भीर भई आईसियूमा राखेको नभएको जानकारी दिए । थप उपचार ग्राण्डीमै हुन्छ कि बाहिर लैजानु पर्छ भन्ने प्रश्नमा भने उनले अस्पताल छनौट गर्ने जिम्मा विरामीको हुने भन्दै चलाखीपूर्ण जवाफ दिए ।

उनले जवाफ दिने क्रममा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य छ भन्न भने छुटाएनन् ।

ग्राण्डीले जारी गरेको प्रेस विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *