प्रधानमन्त्री केपी ओलीको ग्राण्डीमा दुई पटक मिर्गौलाको डायलासिस, आज डिस्चार्ज गर्ने तयारी

काठमाडौँ, १४ कात्तिक । स्वास्थ्यमा समस्या देखा परेपछि ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दुईपटक मिर्गौलाको डायलासिस भएको छ । चिकित्सकहरुले उनलाई आज बेलुकासम्म डिस्चार्ज गर्ने तयारी गरेका छन् ।

यसअघि उपचारमा सम्लग्न चिकित्सक तथा अस्पतालले मिर्गौला डायलासिस गरेको कुरालाई इन्कार गर्दै आएको थियो । चिकित्सक र अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य सम्बन्धी सूचना लुकाएको भन्दै सार्वजनिक रुपमा आलोचना भएको थियो ।

प्रधानमन्त्री ओलीलाई भेटन केही बेर अघि ग्राण्डी पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो र आज गरी दुईपटक डायलासिस भएको बताए ।

डायलासिस पछि ओलीको अवस्था सामान्य रहेको समेत उनले जानकारी दिए । ‘अहिले उहाँको अवस्था सामान्य छ । चिकित्सकहरुले बेलुकासम्म डिस्चार्ज गर्ने तयारी गर्नु भएको छ,’ ओलीलाई भेटेर फर्केका प्रचण्डले अस्पताल परिषरमा जम्मा भएका सञ्चारकर्मीलाई भने ।

डायलासिसको निरन्तरता र प्रत्यारोपणबारे निर्णय भएको छैन
प्रचण्डले दुईपटकको डायलासिस भएको पुष्टी गरेपनि डायलासिसको निरन्तरता बारेमा निर्णय भइनसकेको बताए । ‘यो एक दुई दिन पछि थाह होला,’ उनले भने ।

प्रचण्डले प्रधानमन्त्रीलाई फेरी मिर्गौला प्रत्यारोपण गर्ने वा नगर्ने भन्ने विषयमा पनि निर्णय भइनसकेको बताए । ‘यस बारेमा पनि सल्लाह हुनैछ,’  उनले भने ।

आफूसंगको भेटमा प्रधानमन्त्री ओलीले स्वास्थ्य छिटो छिटो बल्झिएको भन्दै चिन्ता व्यक्त गरेको समेत उल्लेख गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *