समायोजनको ‘लफडा’ यसरी मिलाउँदै छ स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ३० असोज । स्थानीय तहमा काम गरिरहेका स्वास्थ्यकर्मीहरु ‘समायोजनको लफडामा परेँ’ भन्दै स्वास्थ्य मन्त्रालयमा धाउने क्रम अझै रोकिएको छैन । कोही गुनासो टिपाउन आएका छन् कोही समायोजनको पत्रको फोटो खिच्न । मन्त्रालय परिसरमा दशैँ अघि जस्तो भिड देखिन्थ्यो अहिले पनि त्यस्तै छ ।

मन्त्रालयले सहसचिव महेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा गुनासो व्यवस्थापन एवं सहजीकरण गर्ने एउटा समिति बनाएको थियो । सो समितिले पहिले जनसंख्या महाशाखा बसेको भवनलाई समायोजनको गुनासो सम्वोधन गर्ने कार्यकक्षको रुपमा प्रयोग गरेको छ । त्यसैले त्यस भवन वरपर अझै बढी भिड देखिन्छ ।

यसरी हुँदैछ समायोजन समस्याको समाधान


मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले स्वास्थ्यको समायोजन टुंगिएको बताए । यद्धपी उनले समायोजनमा समस्या परेका स्वास्थ्यकर्मीहरुको गुनासो टिपेर सम्वोधन गर्ने प्रयास भईरहेको जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यले स्थानीय तह (पालिका)मा परेका स्वास्थ्यकर्मीहरुको समायोजन एक ठाँउबाट अर्को ठाँउमा पठाउन सकिने गरी मिलाउन लागेको बताए । यस्तै प्रदेशबाट दरबन्दी खाली वा आवश्यकताका आधारमा पनि स्थानीय तहमा जानमिल्ने गरी नयाँ व्यवस्था गरिएको जानकारी दिए । उनले संघमा परेका कर्मचारीले पनि प्रदेश तथा स्थानीय तहमा दरबन्दी खालि भएको, आवश्यकता परेको र सहमति पत्र ल्याउन सकेको खण्डमा जान सकिने व्यवस्था मिलाइएको बताए ।

तर स्थानीय तहबाट प्रदेश तथा संघीय तहमा जान भने नसकिने स्पष्ट पारे । उनले स्वास्थ्यमा देखिएको भिड केही दिनमै सामान्य अवस्थामा आउने समेत ठोकुवा गरेँ ।

लामो तयारी पछि गत १५ असारमा सहसचिवहरुबाट शुरु गरिएको स्वास्थ्यको समायोजन चौथो पाँचौँ, छैटौँ सातौँ तहसम्म आईपुग्दा विवादमा फसेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *