आईओएम डीन प्राडा अग्रवाललाई कालोमोसो दलेको बताउने विजय थापा पक्राउ

काठमाडौँ, २९ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान आईओएमका डीन प्राडा जगदीश अग्रवाललाई कालोमोसो दलेको बताउने विजय थापा प्रहरीको नियन्त्रणमा परेका छन् ।

उनलाई मंगलबार साँझ महाराजगञ्ज प्रहरीबृत्तले नियन्त्रणमा लिएको हो । यद्धपी थापाले आफै प्रहरी समक्ष पुगेर आत्मसमपर्ण गरेको बताएका छन् ।

यसअघि गत भदौ २९ गते डीन अग्रवाललाई पत्रकार बताउँदै गएका दुई जनाको टोलीले त्रिवि शिक्षण अस्पतालको कार्यकक्षमा कालो मसी छर्केर भागेका थिए ।

थापाले मंगलबार दिउसो रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गर्दै सो घटनाको जिम्मा लिएका थिए । उनले त्यहिबाट प्रहरीमा गएर आत्मसमर्पण गर्ने उदघोष समेत गरेका थिए ।

पत्रकार सम्मेलनमा डीन अग्रवाल मेडिकल शिक्षामा लुट मच्चाएकोले कारवाही गरिएको बताएका थिए । उनले उनी जस्ता अरु केहीलाई यसै गरी कारवाही गर्ने समेत ठोकुवा गरेका थिए ।

थापा तिनै हुन् जो डा गोविन्द केसीको अनसन विरुद्ध अनसन बसेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *