भयो अहेवको समायोजन, मन्त्रालयद्धारा आइतबार नै पत्र ‘डिस्प्याच’

34.1k
Shares

काठमाडौँ, १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहेवको समायोजन गरेको छ । मन्त्रालयले आइतबार १० हजार बढी अहेवको समायोजन गरी पत्र डिसप्याच गरेको बताएको छ ।मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले अहेवको समायोजनको पत्र ‘डिसप्याच’ भैसकेको पुष्टि गरे ।

उनले भने, ‘अहेवको पत्र हिजो हिडिसक्यो । अब आज उनीहरुको सूची वेवसाइटमा पनि राखिन्छ होला ।’

अहिले समायोजनको पत्र पठाईएपनि विवाद भने कायम नै रहने देखिएको छ । ‘गुनासो सम्वोधन सायद भएको छैन । अब कति गुनासो पर्छन् त्यसपछि मात्रै मिलाउने प्रयास हुन्छ होला,’ मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका एक अधिकारीले बताए ।

प्रवक्ता श्रेष्ठले नमिलेको भए पुन गुनासो लिएर सच्याउने प्रयास गरिने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *