राष्ट्रिय प्रतिभा पुरस्कार डा. सन्दुक रुइतलाई प्रदान गरिने

380
Shares

काठमाडौँ, २ असोज । सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बिहीबार मन्त्रिपरिषद्को बैठकले निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले डा. रुइतलाई पुरस्कृत गर्न लागिएको जानकारी दिएका हुन्। उक्त पुरस्कारको राशि रु पाँच लाख रहेको छ ।

आँखा स्वास्थ्यको क्षेत्रमा डा. रुइतले गरेको योगदानको कदर गर्दै सरकारले उक्त पुरस्कार दिन लागेको हो।

एक लाखभन्दा बढी मोतियाबिन्दुका विरामीको आँखाको ज्योति फर्काएका ६४ वर्षीया बरिष्ठ आँखा रोग विशेषज्ञ डा.रुइत सुदूरपूर्वको हिमाली गाउँ ओलाङचुङ गोलामा जन्मिएका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *