राष्ट्रिय प्रतिभा पुरस्कार डा. सन्दुक रुइतलाई प्रदान गरिने

काठमाडौँ, २ असोज । सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बिहीबार मन्त्रिपरिषद्को बैठकले निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले डा. रुइतलाई पुरस्कृत गर्न लागिएको जानकारी दिएका हुन्। उक्त पुरस्कारको राशि रु पाँच लाख रहेको छ ।

आँखा स्वास्थ्यको क्षेत्रमा डा. रुइतले गरेको योगदानको कदर गर्दै सरकारले उक्त पुरस्कार दिन लागेको हो।

एक लाखभन्दा बढी मोतियाबिन्दुका विरामीको आँखाको ज्योति फर्काएका ६४ वर्षीया बरिष्ठ आँखा रोग विशेषज्ञ डा.रुइत सुदूरपूर्वको हिमाली गाउँ ओलाङचुङ गोलामा जन्मिएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *