चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौँ, २६ भदौ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ ।

केही बेर अघि सम्पन्न मन्त्रिपरिषद् बैठकले प्राडा गिरीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि २९ साउनमा बसेको सर्चकमिटिको बैठकले आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

कमिटिले प्राडा गिरी सहित प्राडा सुरेन्द्र शेरचन, प्राडा शम्भुकुमार को नाम सिफारिस गरेको थियो ।

त्यसो त शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्न दुई पटक विज्ञापन गरेको थियो । पछिल्लो पटक १ देखि १५ साउनको म्यादमा ११ जनाले दरखास्त हालेका थिए ।

दरखास्त हाल्नेहरुमा प्राडा श्रीकृष्ण गिरी, प्राडा पारशकुमार पोखरेल, प्राडा निलमणि उपाध्याय, प्राडा तरुण पौडेल, प्राडा यहुनचन्द्र सिवाकोटी र प्राडा रमेशप्रसाद सिंह रहेका छन् । त्यसैगरी प्राडा राजेन्द्रप्रसाद साह, प्राडा सुरेन्द्र शेरचन, प्राडा शम्भुकुमार पहारी, प्राडा प्रमोदकुमार सर्राफ र प्राडा जेएन पाण्डेय हिमालीको दरखास्त परेको थियो । ती मध्ये सर्राफ र हिमालीको दरखास्त रद्ध भएको थियो ।

उनीहरुले सूचनामा उल्लिखित चिकित्सा शिक्षा आयोगसंग कुनै किसिमको स्वार्थको टकराव नभएको लगयातका स्वयं घोषणाहरु गरेको नदेखिएकोले आवेदन रद्ध गरिएको समितिले जनाएको थियो ।

समितिले २६ र २७ साउनमा दरखास्त हालेका ९ जनालाई प्रस्तुतिकरण सहित अन्तरवार्तामा सहभागि गराएको थियो ।

समितिले प्रस्तुतिकरण र अन्तरवार्तामा आउँदा आवेदन साथ सम्लग्न सबै कागजहरुका सक्कलै प्रति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भएपछि आयोगको नेतृत्व गर्ने र नेतृत्वदायी भूमिका बहन गर्ने सम्वन्धी सोचपत्र तथा ४ बर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण सहित उपस्थित हुन भनेको थियो ।

त्यसअघि आवेदन हालेका ६ जनाको आवेदन रद्ध गर्दै आयोगले दोस्रोपटक आवेदन मागेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *