४ हजार ५० जना हेल्थ असिस्टेन्टको समायोजन सम्पन्न, पत्र पठाइयो कार्यक्षेत्रमा

काठमाडौँ, २३ भदौ ।  कर्मचारी समायोजन अन्तरर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार ५० जना हेल्थ असिस्टेन्ट (एचए)को समायोजन गरेको छ । मन्त्रालयले उनीहरुको पत्र सम्वन्धित कार्यस्थलमा पुग्ने गरी पठाएको छ ।

‘एचएको समायोजन सम्पन्न भएको छ । हामीले ४ हजार ५० जनाको समायोजन पत्र उहाँहरुको कार्यस्थलमा हिजो पठाएका छौँ,’ मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने । उनले अब छिटै अहेव र अनमीको समायोजन पत्र वितरण गर्ने तयारी भएको समेत उल्लेख गरे ।

गत १५ असार देखि शुरु भएको स्वास्थ्य समूहका कर्मचारी समायोजन सम्पन्न हुन भने अझै केही समय लाग्ने देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “४ हजार ५० जना हेल्थ असिस्टेन्टको समायोजन सम्पन्न, पत्र पठाइयो कार्यक्षेत्रमा

  1. hau ani list pani rakhdiye po, durgam ma basnele pani chadai thaha pauthe ta.
    leter chadai pugne thaukale chadai paune ani chadai naya karyalaya roji jana paune vaye, dhila patra pugne thauka lai anyaya vayena??

Leave a Reply

Your email address will not be published. Required fields are marked *