प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्या के हो ? प्राडा शाह यसो भन्छिन्

काठमाडौँ, ५ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बारेमा अनेक खालका टिका टिप्पणी चलि रहेका बेला क्याविनेट चिकित्सक प्राडा दिव्या सिंह शाहले औपचारिक जानकारी दिएकी छन् ।

सिंगापुर उड्नु केही मिनेट अघि सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री ओलीको ओलीको मिर्गौला सम्वन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको र त्यसलाई शरीरबाट निस्कासन गर्ने उपचार विधिलाई निरन्तरता दिन त्यसतर्फ लागेको बताइएको छ ।

यसपटक पनि ओलीको मिर्गौला सम्वन्धी थप परीक्षण र क्षमता अभिबृद्धिका लागि आवश्यक उपचार समेत हुने बताइएको छ ।

प्रधानमन्त्री ओली अघि दिउसो साढे १ बजे थाइ एयरबाट सिंगापुर प्रस्थान गरेका छन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य, निजी चिकित्सक, सहयोगी र सुरक्षाकर्मी समेत त्यसतर्फ लागेका छन् ।

हेरौँ विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *