अंगदान र मस्तिष्कमृत्यु सम्वन्धि जनचेतनामुलक टेलिफिल्म दानवीरको विशेष प्रदर्शन

काठमाडौँ, ३ भदौ । अंगदान र मस्तिष्क मृत्यु सम्बन्धी जनचेतनामूलक टेलिफिल्म ‘दानवीर’को विशेष प्रदर्शन गरिएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा महसञ्चारले निर्माण गरेको उक्त टेलिफिल्म आज दिउसो कुमारी सिनेमा हलमा विशेष प्रर्दशन गरिएको हो ।

फिल्म हेर्न उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, काठमाडौँ, ललितपुर महानगरपालिकाका मेयरद्धय विद्यासुन्दर शाक्य, चिरिबाबु महर्जन तथा उपत्यकाका अन्य नगरपालिकाका मेयर उपमेयर तथा जनप्रतिनिधिहरुको विशेष उपस्थिति थियो ।

बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको निर्देशनमा बनेको उक्त टेलिचलचित्रमा श्रेष्ठ र आचार्य ( महजोडी) संगै बसुन्धरा भुसाल, राजाराम पौडेल, नरेन्द्र कंशाकार जस्ता चर्चित कलाकारको जिवन्त अभिनय छ ।

फिल्मको कथा हरेक चिज दान गर्न मन पराउने पुन्य प्रसाद (हरिवंश) र मिर्गौला फेल भई प्रत्यारोपणको लागि दाता खोजि रहेका धनबहादुर (मदनकृष्ण)लाई केन्द्र भागमा राखिएको छ । उनीहरुलाई साथ दिएका छन बसुन्धरा भुसाल र राजाराम पौडेलले ।

फिल्मले मृत्यु पछि डढेर वा पोलिएर जाने अंग कसैका लागि जीवन बचाउन काम लाग्ने भन्दै अंगदान गर्न अभिप्रेरित गरेको छ ।

करीब एक घण्टा लामो उक्त टेलिफिल्मले अंगदान र मस्तिस्क मृत्युको सम्वन्धको बारेमा शिक्षा दिएको छ ।
कुमारी हलमा फिल्म हेर्न उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, काठमाडौँ र ललितपुर महानगरपालिकाका मेयरद्धय विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जन, उपत्यकाका अरु नगरपालिकाका प्रमुख उपप्रमुख र वडाध्यक्षहरुको उपस्थिति थियो ।

फिल्म चल्नु अघि गरिएको छोटो कार्यक्रममा प्रत्यारोपण केन्द्रका निर्देशक एवं प्रत्यारोपण विद डा पुकारचन्द्र श्रेष्ठले नेपालमा अंग प्रत्यारोपणको अवस्था, कानुनी पाटो, प्रत्यारोपण केन्द्रले दिएको सेवाको बारेमा जानकारी दिएका थिए । सो अवसरमा धारणा राखेका महजोडीले डा पुकारको खुलेर प्रशंसा गरेका थिए । विदेशको सुख त्यागेर देशको सेवा गर्न फर्किएको डा पुकारको सेवा अतुलनीय भएको उनीहरुले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *