समायोजन लफडा : सामान्यसंग नौ बुँदे निर्देशन माग्यो स्वास्थ्यले

काठमाडौँ, ३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा पदस्थापन सुचारु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नौ बुँदामा निर्देशन माग गरेको छ ।

स्वास्थ्यले पठाएको सो बुँदाका विषयमा सामान्यले भने अहिलेसम्म केही जवाफ दिएको छैन ।

गुनासा लगायत नमिलेका विषयहरुलाई कानूनी रुपमै हल गर्नका लागि स्वास्थ्यले लिखित रुपमा सामान्यबाट अख्तियारी मागेको थियो । तर सो अनुसार सामान्यले सम्वोधन नगरेपछि स्वास्थ्यमा बाँकी समायोजन प्रक्रिया रोकिएको हो ।

स्वास्थ्य सचिव रामप्रसाद थपलियाले केही प्राविधिक र केही कानूनी कुराहरु अस्पष्ट भएकोले त्यसलाई स्पष्ट पार्न सामान्यलाई आग्रह गरेको भन्दै ९ बुँदामा पठाइएको निर्देशनको अहिलेसम्मम कुनै जवाफ नआएको बताए ।

निकै ढिलो शुरु भएको स्वास्थ्यको समायोजन पछिल्लो समय स्वास्थ्य र संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयबीचको नीतिगत अस्पष्टताका कारण अवरुद्ध भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *