प्रधानमन्त्री ओली पुन: अस्वस्थ, खासमा भएको के हो ?

काठमाडौँ, ३० साउन । सिंगापुरमा एक साता लामो उपचार पछि गत सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली पुन अस्वस्थ भएका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसको पुष्टि गरेका हुन् । ओली अस्वस्थ भएकै कारण आज बस्ने भनिएको पार्टी सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । यद्धपी आज स्थगित बैठक भोलि दिउसो ३ बजे बस्ने भनिएको छ ।

यता उपचारमा सम्लग्नमध्येका एक जना चिकित्सकले भने प्रधानमन्त्री ओलीको मिर्गौलामा सिंगापुर जानु अघि देखिएको समस्यामा सुधान नभएको बताएका छन् । उनी भन्छन्,’ उहाँको किड्नी फङ्सन अहिले पनि स्ट्ेवल छैन् । त्यसैले फेरी उपचारका लागि बाहिर लैजाने भन्ने विषयमा सल्लाह हुँदैछ ।’

उनका अनुसार सिंगापुरबाट आइसकेपछि पनि उनको क्रियाटिनिन् बढी राखेको छ । त्यसैले फेरी पनि सिंगापुर नै लैजाने कि भन्ने विषयमा सल्लाह हुँदैछ । ‘सम्भवत निकै छिटै उहाँलाई त्यस तर्फ लगिदैछ,’ नाम उल्लेख गर्न नचाहेका उनले नेपाली हेल्थलाई बताए ।

प्रधानमन्त्री ओलीको गत साता सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण तथा उपचार भएको थियो । उनी गत २७ साउनमा स्वदेश फर्किएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *