क्यान्सरका बिरामीलाई प्रदेश सरकारको सहयोग

272
Shares


सुर्खेत, १४ साउन । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले क्यान्सरपीडित १२ बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७५७६ मा प्रदेशका विभिन्न जिल्लाका अतिविपन्न बिरामीलाई रु तीन लाख ६५ हजार प्रदान गरेको हो ।

मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले गत वर्षको वार्षिक कार्यक्रमअनुसार आर्थिक सहायता प्रदान गरिएको जानकारी दिए । आन्द्रा, पिसाबथैली, फोक्सो, बे्रन ट्युमर, स्तन, पाठेघर र ब्लड क्यान्सर भएका ती बिरामीलाई स्थानीय प्रशासनको सिफारिसका आधारमा सहायता रकम प्रदान गरिएको हो ।

प्रवक्ता अधिकारीका अनुसार सहायता पाउनेहरुमा हुम्ला ओदानचुलीका लोकबहादुर फडेरा, ताजाकोटका पुनिमल बुढा, खार्पुनाथका मोतीलाल जैसी, सुर्खेत बराहतालका तीर्थबहादुर गौतम, वीरेन्द्रनगरका बासुदेव जिसी, पञ्चपुरीका मनरुपी सुवेदी, चौकुनेका पुष्कलप्रसाद खनाल, मुगु सोरुका बाली जैसी, महाबु दैलेखका जयन्ती सिंह, दुल्लुका गायत्री उपाध्याय र कालीकोट रास्कोटका परिमल कामी छन् । उनीहरुलाई जनही रु २५ हजारदेखि ४० हजारसम्म प्रदान गरिएको थियो ।

मन्त्रालयको हवाई उद्धार सेवाअन्तर्गत गत आर्थिक वर्षमा १० गर्भवतीको उद्धार गरिएको छ । स्थानीय स्वास्थ्य संस्थाको सिफारिशका आधारमा उच्च जोखिममा परेका गर्भवतीलाई सुरक्षित सुत्केरीका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । यो सेवा लिनेहरुमा हुम्लाबाट सात, मुगु, डोल्पा र सुर्खेतबाट एक÷एक जना छन् । स्वास्थ्य निर्देशनालयले हवाई उद्धारका लागि रु २५ लाख ५९ हजार ७०२ को बिल भुक्तानी गरिसकेको जनाएको छ ।

सुरक्षित सुत्केरीलाई हेलिकप्टरमार्फत जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल र काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *