कास्की : आँखा परीक्षणबाट पाँच सय ५१ विद्यार्थी लाभान्वित

72
Shares


कास्की, ११ साउन । रोटरी क्लब अफ न्युरोड पोखराले पोखरा महानगरपालिका–५ स्थित समता स्कूलका विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ ।

पहिलो दिन कक्षा ५ सम्मका ५५१ विद्यार्थीको आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशचन्द्र बाँस्तोलाले जानकारी दिए । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । बाँकी विद्यार्थीको पुनः अर्को हप्ता परीक्षण गरिने उनले बताए ।

“वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएक छौँ”, बाँस्तोलाले भने । परीक्षणका क्रममा २५ जनाको आँखामा समस्या देखिएपछि क्लबले निःशुल्क औषधि प्रदान गरेको छ । समता स्कूलले विद्यार्थीसँग मासिक रु १०० लिएर अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *