पूर्वी तराईमा सर्पदंशको विगविगी, एक सातामै उपचारका लागि २६३ जना अस्पतालमा

काठमाडौँ, ६ साउन । असारको अन्तिम साता आएको बाढी पछि पूर्वी तथा मध्य तराईँका जिल्लामा सर्पदंश (सर्पको टोकाई)को विगविगी बढेको छ । पछिल्लो एक सातामा मात्रै विभिन्न ५ अस्पतालमा सर्पको टोकाई पछि उपचार गर्न आउनेको संख्या २६३ पुगेको छ । त्यसमध्ये २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय अन्तरगर्तको स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाई (एचईओसी)ले जनाएको छ ।

एचईओसीका अनुसार गत असार २७ देखि २ साउन सम्म गौर अस्पताल रौतहट, कलैया अस्पताल बारा, नारायण अस्पताल बीरगञ्ज, सगरमाथा अस्पताल सप्तरी र जनकपुर अस्पतालमा गरी २६३ जना उपचारका लागि आएका हुन् ।

त्यसमध्ये गौर अस्प्तालमा आएका ४६ जनामध्ये ३ जनालाई विषालु सर्प र ४३ जनालाई विशालु नभएको सर्पले टोकेको, कलैया अस्पतालमा आउने ३६ मध्ये ६ जनालाई विषालु र ३० जनालाई विषालु नभएको सर्पले टोकेको, नारायणी अस्पतालमा आएका ९८ जनामध्ये १ जनालाई विषालु र ९७ जनालाई विषालु नभएको सर्पले टोकेको पाइएको थियो ।

यस्तै सगरमाथा अस्पतालमा आएका ४१ जनामध्ये २ जनालाई विषालु र ३९ जना विषालु नभएको सर्पले टोकेको र जनकपुर अञ्चल अस्पतालमा आएका ४२ जनामध्ये ३ जनालाई विषालु र ३९ जनालाई विषालु नभएको सर्पले टोकेको पाइएको थियो । तीमध्ये गौर अस्पतालमा ल्याउदै गरेको एक जनाको बाटोमै र जनकपुर अञ्चल अस्पतालमा एक जनाको उपचारको क्रममा मृत्यु भएको एचईओसीले जनाएको छ ।

उसले सर्पदंशको उपचारमा प्रयोग हुने एन्टीस्टक भेनम ती अस्पतालमा तत्कालका लागि अभाव नभएको स्पष्ट पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *