स्वास्थ्य मन्त्रालयद्धारा गत आर्थिक बर्षको मुख्य उपलब्धि सार्वजनिक

काठमाडौँ, ३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिक बर्षमा गरेका गतिविधिहरु सार्वजनिक गरेको छ । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा स्वास्थ्य सचिव रामप्रसाद थपलियाले पछिल्लो आर्थिक बर्षमा गरेका मुख्य गतिविधि सार्वजनिक गरेका हुन् ।

मन्त्रालयले नीति रणनीति ऐन नियम मापदण्ड निर्देशिका र कार्यविधि स्वास्थ्य संस्था तथा निकायहरु हस्तान्तरण, योजना तर्जुमा, अनुगमन मूल्यांकन र समन्वयमा, सेवा प्रवाहमा, विपद व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य अध्ययन अनुसन्धान र सर्भेक्षण, भौतिक पूर्वाधार र विशेषज्ञ चिकित्सक परिचालन, आगामि कार्यदिशा लगायतका १० वटा वुँदामा ६१ वटा उपलव्धि सार्वजनिक गरेको छ ।

सो अवसरमा बोल्दै उपप्रधानमन्त्री यादवले न्युन बजेटकाबीच यति धेरै उपलव्धी पस्कन सक्नु सुखद कुरा रहेको बताए । उनले केही प्राविधिक र केही प्रशासनिक कारणले चाहेर पनि काम सम्पन्न गर्न नसेको बताए । ‘बजेट ४.४८ प्रतिशत छ तर ४ प्रतिशत तलव भत्तामै खर्च हुन्छ । बाँकी सून्य दशमलव ४८ प्रतिशतले कति काम हुनु तर पनि भएकै मान्नुपर्छ,’ उनले भने ।

यस्ता छन् मन्त्रालयले सार्वजनिक गरेका उपलब्धिहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *